एजेन्सी । अमेरिकाको टेक्सासमा घडी बनाएर स्कूल लगेका १४ वर्षीय मुस्लिम छात्रलाई प्रहरीले गिरफ्तार गरेपछि बबाल मच्चिएको छ । घटना डलास काउन्टीस्थित इरविंग शहरको हो । अहमद मोहम्मद नामका पाकिस्तानी मूलका एक विद्यार्थीले सोमबार डिजिटल घडी बनाएर स्कूलमा लगे । उनको उद्देश्य शिक्षकलाई इम्प्रेस गर्नु शिवाय अरु केही थिएन । तर दुर्भाग्य त्यो घडी उनको गिरफ्तारीको कारण बन्यो ।
टेक्सास प्रहरीले उनलाई हतकडी लगाएर स्कूलबाटै गिरफ्तार गर्यो । प्रहरी पोस्टमा लगेर काफी सोधपुछ गरियो । अन्तत: निर्दोश सावित भएपछि बल्ल रिहा गरियो । अझै उदेयक लाग्दो कुरा त के भने स्कूलबाट उनी तीन दिनका लागि सस्पेण्ड भए । घटनाले चौतर्फी चर्चा पाएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा फेसबुकका मालिक मार्क जुकरबर्ग लगायतले ती बालकको खुलेर सपोर्ट गरे ।
को हो अहमद् ?टेक्सास प्रहरीले उनलाई हतकडी लगाएर स्कूलबाटै गिरफ्तार गर्यो । प्रहरी पोस्टमा लगेर काफी सोधपुछ गरियो । अन्तत: निर्दोश सावित भएपछि बल्ल रिहा गरियो । अझै उदेयक लाग्दो कुरा त के भने स्कूलबाट उनी तीन दिनका लागि सस्पेण्ड भए । घटनाले चौतर्फी चर्चा पाएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा फेसबुकका मालिक मार्क जुकरबर्ग लगायतले ती बालकको खुलेर सपोर्ट गरे ।
अहमद् मोहम्मद पाकिस्तानीमुलका १४ वर्षीय बालक हुन् । उनी इरविंगस्थित म्याकअर्थर हाईस्कूलमा अध्ययनरत छन् । उनमा इन्जिनियरिङ ग्याजेट्सप्रति खुबै चाख छ । यसैक्रममा स्कूलको इन्जिनियरिङ प्रोजेक्ट अन्तर्गत उसले डिजिटल घडी बनाएर लगेको थियो । स्कूलका एक साइन्स टिचरले उनको खुलेर प्रसंशा पनि गरे । तर त्यसको केही बेरमै प्रहरी आएर हतकडी लगाएर लग्यो ।
बुधबार अहमद्को फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । टि्टरमा #IStandWithAhmed ट्रेण्ड निकै चर्चित बन्यो । धेरैले ति बच्चाको गिरफ्तारिलाई ‘इस्लामफोबिया’को उदाहरण भने ।
शिक्षकले किन बोलाए पुलिस ?
डेमो प्रदर्शनीका क्रममा घडीमा बीपको टिक-टिक आवाज सुनेपछि एक शिक्षकले प्रहरीलाई खबर गरेछन् । मुस्लिम छात्र भएकाले पनि त्यो कतै बम त होइन भन्ने शंकाले उनले प्रहरी बोलाएका थिए । त्यसपछि तुरुन्तै प्रहरी आयो । अनि हतकडी लगाएर अहमद्लाई लगियो । त्यहाँ उसँग काफी सोधपुछ गरियो । फिंगर प्रिन्ट पनि लिइयो । अन्तत: त्यो बम नभएको पुष्टि भएपछि उसलाई छाडियो ।
ओबामाले ह्वाईट हाउसमा मगाए घडी !
घटनाले विश्वव्यापी चर्चा पाएपछि त्यो कुरा राष्ट्रपति ओबामासम्म पनि पुग्यो । त्यसपछि उनले टि्वट गरे, ‘सानदार घडी, अहमद । यसलाई ह्वाईट हाउसमा ल्याउन चाहन्छौ ? हामीले तिमीजस्ता अन्य बच्चाहरुलाई पनि साइन्सप्रति इन्सपायर गर्नुपर्छ । यसैकारण अमेरिका महान छ ।’
यस्तै फेसबुकका मालिक मार्क जुकरबर्ग पनि अहमद्को समर्थनमा अघि आए । उनले लेखे, ‘कुनै पनि चिज बनाउने प्रतिभा र महत्वाकांक्षा प्रसंसायोग्य छ, न कि गिरफ्तारीको लायक । भविष्य अहमद्जस्ता बच्चाहरुको छ ।’
अब त्यो स्कूल पढ्न चाहन्नन् अहमद्
बुधबार अहमद्ले आफ्नै घरमा पत्रकार सम्मेलन गरी भने, ‘मेरो उम्मिद छ, आज हरकोही मेरो बारेमा जान्छ । एक घडी बनाएकै कारण म मुस्किलमा फसेँ । मेरो उद्देश्य शिक्षकलाई प्रभावित गर्नु थियो । तर शिक्षकमा गलत इम्प्रेसन पर्यो । म अब त्यो स्कूलबाट ट्रान्सफर हुन चाहन्छु । साथै उनका पिता मोहम्मद अलहसनले भने, ‘ऊ मात्रै राम्रो चिज बनाउन चाहन्छ । तर उसको नाम मोहम्मद भएकै कारण गिरफ्तार गरियो ।’ 11 सेप्टेम्बरमा ट्वीन टावरमा भएको हमलाका कारण अमेरिकीहरुमा मुस्लिमप्रतिको दृष्टिकोण अझै नकारात्मक छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।

